आर्थिक

सेयर बजारमा ३.०३ अंकको गिरावट 

By खबरहब

January 03, 2023

काठमाडौं– मंगलबार मङ्लबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागेर २०६१.०६ विन्दुमा आएर बजार बन्द भएको छ । मंगलबार ०.१५ प्रतिशतले सेयर बजार घटेको हो ।

सेयर बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ ।  २५७ कम्पनीको कारोबार हुँदा ८२ लाख २२ हजार ८३३ किता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोडभन्दा बढीको कारोबार  भएको छ ।

हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै एनआईसी एसिया बैंकको ९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।  स्वेत गंगा हाइड्रोपावर र धौलागिरि लघुवित्तको  १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।  खप्तड लघुवित्त र अजोड बिमाको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो । 

कुल १०७ कम्पनीमा उकालो लागेको छ भने १०२ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी स्थिर रहेको छ ।  १३ उपसूचकहरूमध्ये ४ कम्पनी उकालो लागेको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ ।