फाइल तस्वीर

राजनीति

पार्टी प्रणालीलाई बलियो बनाउन नेता कार्यकर्तालाई माधव नेपालको निर्देशन

By खबरहब

January 03, 2023

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कमिटी प्रणालीलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबार बसेको पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सामाजिक सञ्जाल र मिडियामा बोलेर मात्र पार्टी क्रान्तिकारी तथा अनुशासित नबन्ने भन्दै अनुशासित भएर कमिटी प्रणालीलाई बलियो बनाउन निर्देशन दिएका हुन् ।

आफ्ना नेताको बद्ख्वाईं र अरुको प्रशंसा गरेर ठूलो बन्ने प्रवृति अन्त्य हुनुपर्ने उनको भनाइ छ । उनले जस्तोसुकै मतभेद वा बिचारको भिन्नता भएपनि पार्टी तहमा राख्दा कुनै फरक नपर्नेे धारणा राखे ।

अध्यक्ष नेपालले पार्टीलाई अनुशासित, क्रान्तिकारी र संस्थागत रुपमा अघि बढाउनुपर्ने पनि बताए ।