तस्वीर- सिन्ह्वा

अन्तर्राष्ट्रिय

श्रीलङ्का भ्रमण गर्ने पर्यटक बढे

By खबरहब

January 03, 2023

काठमाडौँ- आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पछिल्लो समय पर्यटन क्षेत्रको योगदान बढ्न थालेको छ । सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले श्रीलङ्काको भ्रमण गरेका छन् ।

विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको त्यहाँको पर्यटन विकास प्राधिकरणले बताएको छ । गत महिना ९२ हजार पर्यटकले श्रीलङ्काको भ्रमण गरेका थिए भने सन् २०२२ मा छ लाख ७८ हजार तीन सय ९२ जना आएका थिए ।

कोभिड–१९ महामारीसँगै आर्थिक एवम् राजनीतिक सङ्कटले जकडिएको देशको अर्थतन्त्रलाई सुदृढ बनाउन गठित वर्तमान सरकारले आगामी वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्राधिकरणले जनाएको छ ।