फाइल तस्वीर

देश/प्रदेश

रैथाने बालीको बजारीकरणका लागि सिमकोट गाउँपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता

By खबरहब

January 03, 2023

काठमाडौँ- सिमकोट गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाबीच हुम्लामा उत्पादन हुने स्थानीय रैथाने बालीको खरिद तथा सङ्कलन बिक्री तथा बजारीकरणका लागि साझेदारी सम्झौता गरिएको छ ।

नेपालको विद्यमान कृषि प्रणाली व्यवसायलाई अघि बढाउनका लागि कम्पनीले सिमी र चिनोको उत्पादनका लागि खरिद गरी नेपालगञ्ज काठमाडौँ लैजानको लागि पहिलो पटक सम्झौता गरेको हो ।

शाखाका निमित्त शाखा प्रमुख कृष्णप्रसाद अधिकारी र सिमीकोट गाउँपालिकाका प्रशासकीय अधिकृत उजिर रोकायाले प्रमुख जिल्ला अधिकारी सीता परियारको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार आर्थिक वर्ष २०७९‍/०८० मा लागू हुने गरी ५० क्विन्टल सिमी र चिनो कम्पनीले पहिलो पटक खरिद गरी बिक्रीका लागि विभिन्न ठाउँमा पठाउनका लागि खाद्य व्यवस्था खरिद बिक्री शाखा कार्यालय काठमाडौँले पत्राचार गरेपछि सम्झौता भएको हो ।