सांकेतिक तस्बिर

देश/प्रदेश

ब्राउन सुगरसहितसहित एक जना पक्राउ

By खबरहब

January 03, 2023

झापा – प्रहरीले झापाबाट प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका ७ बस्ने २३ वर्षीय बामदेव मिश्र रहेका छन् ।

भारतबाट नेपाल आउँदै गरेका मिश्रको साथबाट प्रतिबन्धित लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

३ ग्राम ५०० मिलि ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।