नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटिको बैठक । फाइल तस्बिर

ब्रेकिङ स्टोरी

माओवादी स्थायी कमिटी बैठक बस्दै : विभाग भागबन्डाको तयारी

By खबरहब

February 03, 2023

काठमाडौं – सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बुधवार र बिहिवार बिहान स्थगित भएको बैठक पुनः आज बस्ने भएको हो।

समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयन देखी पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रिय विभागको कार्यविभाजनका लागि बसेको बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

बिहीबार अपरान्ह ४ बजे बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज पनि बैठक बोलाइएको हो ।