सांसदको अभिमुखीकरण तालिममा बिहीबार अनुभव साट्दै खिमलाल देवकोटा ।

राजनीति

नवनिर्वाचित सांसदलाई संसदबारे जानकारी

By खबरहब

February 03, 2023

काठमाडौं – प्रतिनिधि सभा सदस्यका लागि दिइएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा हिजोबाट सुरू भएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउन लागेको हो।

प्रतिनिधि सभामा विजयी भएका सांसद के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरुले जानकारी दिने तथा अनुभव साटने कार्यक्रम रहेको छ ।

जसअनुसार आइतबारको अभिमुखीकरण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटालगायतले आ–आफना अनुभव साटेका थिए।

आज हुने बैठकमा दोस्रो सत्रको बैठकमा पूर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

संसद सचिवालयको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित सांसदलाई संसदबारे जानकारी गराइनेछ।