सूचना-प्रविधि

विश्व इतिहासमा आज :  लुना अन्तरिक्षमादेखि डरलाग्दो हिमआँधीसम्म

By खबरहब

February 03, 2023

काठमाडौँ – आज सन् २०२२ को ३ फेब्रुवरी । सदा झैं आज पनि इतिहासमा भएका विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रममध्ये केही घटना यहाँ उल्लेख गरिएको छ।

पाराग्वेका तानाशाहको शासन समाप्त सन् १९८९ को ३ फेब्रुवरीमा पाराग्वेका तानाशाह अलफ्रेडो स्ट्रोस्नरको शासन समाप्त भएको थियो । पूर्व सैनिक अधिकारी रहेका अलफ्रेडोले कुमाफर्त सन् १९५४ को १५ अगस्टमा पाराग्वेको सत्ता हत्याएका थिए ।

इतिहासकै डरलाग्दो हिमआँधी सन् १९७२ मा इरानमा इतिहासकै डरलाग्दो हिमआँधी आएको थियो । एक सातासम्म चलेको सो आँधीका कारण ४ हजार जनाको ज्यान गएको थियो । आँधीले धेरै जसो गाउँ नै पुरेको थियो ।

यासेर अराफत प्यालेस्टाइनको नेता सन् १९६९ मा यासेर आरफात प्यालेस्टाइन लिबरेसन संगठन (पीएलओ) का नेता बनेका थिए । सन् २०११ मा मृत्युपछि पनि आराफत विवादास्पद पात्र बनेका थिए । अधिकांश अरबेली जनताहरुले उनलाई स्वतन्त्रताको योद्धा मान्छन् भने इजरायलीले अतिवादीको रुपमा व्याख्या गर्छन् ।

अन्तरिक्षमा लुना सन् १९६६ मा सोभियत अन्तरिक्ष यान लुना ९ चन्द्रमामा पुगेको थियो । लुना चन्द्रमामा अवतरण पहिलो मानवरहित अन्तरिक्ष यान हो ।