फाइल फोटो

समाचार

पूर्वप्रधानसेनापति कटवाल मंगलबारदेखि आईसीयूमा

By खबरहब

February 03, 2023

काठमाडौँ – पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत छन्।

दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटवालको स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखेर उपचार थालिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन्।

दुबै मृगौला फेल भए पछि डायलासिस गराइरहेका कटवालको स्वास्थ्यमा समस्या बढेपछि मंगलबारदेखि आईसीयूमा राखिएको हो। उनको स्वास्थ्यमा सुधार भइरहेको भण्डारीले बताएका छन्।