देश/प्रदेश

जयवागेश्वरी मन्दिर सर्वसाधारणका गरियो खुला

By खबरहब

February 03, 2023

काठमाडौँ – भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण सम्पन्न गरी आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि आज क्षमापूजासहित प्राण प्रतिष्ठा गरेर सर्वसाधारणका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए। सर्वसाधारणका लागि मन्दिर खुला गर्ने क्रममा आजै कन्याकुमारी र त्रिदेवीको पनि पूजा गरिएको थियो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर साढे सात वर्षपछि पुनःनिर्माण सम्पन्न भएको हो । रु तीन करोड १४ लाख लागतमा जयवागेश्वरी मन्दिर पुनःनिर्माण भएको हो । विश्व सम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐनअनुसार यहाँ पुनःनिर्माण गरिएको कोषले