समाचार

मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाद्वारा आत्महत्या

By खबरहब

March 03, 2023

काठमाडौँ- चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालका एक युवाले आत्महत्या गरेका छन् ।

लामो समय देखि घर जग्गाको कारोबारमा संलग्न रहँदै आएका श्याम तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा लिएको तर तिर्न नसके पछि आत्महत्या गरेको पाइएको हो।

मिटर व्याजीले एक लाखको मासिक ८ हजारदेखि १५ हजारसम्म व्याज लगाउन थालेपछि उनी आत्महत्या नै गर्न बाध्य भएको उनका आफन्तले बताएका छन् ।

करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ । आफ्नो फसेको रकम असुल्न लिएको ऋणले उनलाई मृत्युको बाटोमा पुर्‍याएको हो ।

तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनका स-साना तीन सन्तान रहेका छन्। तिमिल्सिनाको मृत्यु पछि अब ऋण दिने मिटरव्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ ।

-न्युजकारखानाबाट