फाइल फोटो

समाचार

मुग्लिन–पोखरा सडकको तनहुँ खण्ड १० दिनसम्म राती ४ घण्टा बन्द हुने

By खबरहब

March 03, 2023

तनहुँ – मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आगामी २९ गतेसम्म बन्द हुने भएको छ ।

तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो।

फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने मुग्लिन पोखरा सडक खण्ड (पूर्वी योजना)ले जनाएको छ ।

‘१० दिनसम्म राती १२ बजे देखी बिहान ४ बजेसम्म यातायात आवागमन बन्द गरी सडक खन्ने कार्य गर्नु पर्ने भएकाले सो समयमा अगाडी वा पछाडि मात्र उक्त सडक वारपार गरिदिनु हुन सम्बन्धित सबै यात्रु महानुभावहरुमा हार्दिक अनुरोध छ’ जारी सूचनामा भनिएको छ ।