फाइल फोटो

राजनीति

उपप्रधानमन्त्री श्रेष्ठ आज कतार जाने

By खबरहब

March 03, 2023

काठमाडौँ-उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज कतार जाने भएका छन्।

कतारको दोहामा आइतबार सुरु हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी कतार प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघीय सम्मेलनको पूर्ण सत्रलाई उपप्रधानमन्त्री श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ। यससँगै उनले विभिन्न देश तथा संघ–संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको मन्त्रालयले जनाएको छ।

नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा.जितेन्द्रनारायण देव, सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूतलगायत अधिकारीको सहभागिता रहनेछ।