फाइल फोटो

आर्थिक

सुनको मूल्य घट्यो, तोलाको कति ?

By खबरहब

March 03, 2023

काठमाडौँ– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सय रुपैयाँ कायम भएकोमा आज एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार एक सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार दुई सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।