देश/प्रदेश

नवलपरासी र कञ्चनपुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

By खबरहब

March 03, 2023

काठमाडौँ- नवलपरासी र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका १७ का ३४ वर्षीय शैलेश यादवको मृत्यु भएको छ ।

सोही दुर्घटनामा घाइते भएका २७ वर्षीय आशिषकुमार यादवको युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ ।  प्रदेश ३ ०३–००१ प ४९६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । चालक को भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ ।

उता कञ्चनपुरको  बेलौरी नगरपालिका ६ मा हिजो ट्याक्टर दुर्घटना हुँदा चालक बेलौरी नगरपालिका ३ का ४५ वर्षीय शिवचरण चौधरीको मृत्यु भएको छ ।

से १ त १८३५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो