ब्रेकिङ स्टोरी

राष्ट्रपति पदका उम्मेदवार नेम्वाङ भोट माग्न लोसपा कार्यालयमा

By खबरहब

March 03, 2023

काठमाडौं– नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङ भोट माग्न लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालयमा पुगेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई पार्टी कार्यालयमै पुगेर भेटेर नेम्वाङले राष्ट्रपतिमा आफूलाई मत मागेका हुन् ।

नेम्वाङसिहत उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता पनि  लोसपा कार्यालयमा पुगेका थिए ।

नेम्वाङले हिजो नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग आफूलाई मत लिन आग्रह गरेका थिए ।