फाइल फोटो

राजनीति

रामचन्द्र पौडेल नै राष्ट्रपति : महामन्त्री थापा

By खबरहब

March 03, 2023

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रामचन्द्र पौडेल नै राष्ट्रपति निर्वाचित हुने दाबी गरेका छन् ।

बागमती प्रदेशसभाका सदस्यसँगको अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने ८ दलको समर्थनमा उम्मेदवार भएका पौडेल नै राष्ट्रपतिमा विजयी हुने दाबी गरेका हुन् ।

राष्ट्रपति बनेपछि पौडेल सम्पूर्ण रूपमा नेपाली कांग्रेससँग अलग हुनुपर्ने उनको भनाइ छ । उनले राष्ट्रपति निर्वाचनमा भोट क्रस नहुने पनि स्पष्ट पारे । राष्ट्रपति निर्वाचित हुनेले संस्थाको गरिमा जोगाउनुपर्ने महामन्त्री थापाको भनाइ छ ।