राष्ट्रपति निर्वाचन : आफ्ना उम्मेदवारलाई मत दिन जनमत पार्टीलाई एमालेको आग्रह

By खबरहब

March 03, 2023

काठमाडौँ– नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न जनमत पार्टीसँग आग्रह गरेको छ ।

शुक्रबार जनमत पार्टीका अध्यक्ष सीके राउतसंग भेट गर्दै एमालेबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङ लगायतका एमाले नेताहरूले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन् । छलफलपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारका बारेमा जानकारी गराएको र मत दिन आग्रह गरिएको बताए । 

अहिलेको राष्ट्रिय राजनीतिमा जनमत पार्टी पनि महत्वपूर्ण पार्टी रहेकाले सहयोगका लागि आग्रह गरिएको उनले बताए । त्यस्तै जनमतका अध्यक्ष सिके राउतले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको जानकारी दिए ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै जादा एमालेले बिभिन्न दलसँग भेटेर आफ्नो पक्षमा मत मागेको हो ।