देश/प्रदेश

स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको चितुवा मर्‍यो

By खबरहब

March 03, 2023

काठमाडौं– पर्वतमा स्थानीयवासिन्दाले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको चितुवा मरेको छ । पर्वतको फलेबास नगरपालिका २ गहतेमा शुक्रबार बिहान एउटा चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका थिए ।

तर वन कार्यालयमा बुझाएको केही समयपछि नै उक्त चितुवा मरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए । उनका अनुसार उक्त चितुवाले बिहान बिहानमात्रै एकजना महिलालाई आक्रमण गरी सामान्य घाइते बनाएको थियो । 

चितुवालाई बिहान करिब १० बजेतिर स्थानीयले नियन्त्रणमा लिएका थिए ।