समाचार

प्रेरणादायी महिलाहरूलाई एमाले अध्यक्ष ओलीद्वारा सम्मान

By खबरहब

March 03, 2023

काठमाडौँ– ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा मोतीदेवी स्मृति केन्द्रले प्रेरणादायी महिलाहरूलाई सम्मान गरेको छ ।  शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेरणादायी महिलाहरूलाई सम्मान गरेका हुन् ।  समाजसेवी सावित्री थापा, शिक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्ने निरकेशरी श्रेष्ठ, नृत्य क्षेत्रकी  वेटी बज्राचार्य, पर्वतारोहणमा लाक्पा फुटी शेर्पा, राजनीतिमा सुशीला श्रेष्ठ लगायतलाई सम्मान गरिएको हो । 

त्यस्तै ओलीले प्रेरणादायी महिलाहरू’ नामक पुस्तक लोकार्पण गरेका छन्  । पुस्तकमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने २४ महिलाका जीवनी उल्लेख छ । कार्यक्रममा एमाले अध्यक्ष ओलीले बिभिन्न साधना, सङ्कल्पबाट देशका लागि योगदान दिएका महिलाहरूको योगदानको चर्चा गरे । उनले संसारमा कुनै पनि कुरा असम्भव रहेको तर यसका लागि प्रयास आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा प्रेरणादायी महिलाहरूको विषयमा तयार गरिएको वृत्तचित्र सार्वजनिक गरिएको थियो ।