क्रिकेट

आईसीसी क्रिकेट लिग २ : नेपालद्वारा पीएनजी ३ विकेटले पराजित

By खबरहब

March 03, 2023

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पपुवा न्युगिनी पीएनजीलाई पराजित गरेको छ । यूएईको दुबईमा भएको खेलमा नेपालले पीएनजीलाई ३ विकेटले पराजित गरेको हो ।

पीएनजीले दिएको १८० रनको लक्ष्य नेपालले खेल सकिन दुई ओभर अगावै भेट्टायो । नेपालका लागि आशिफ शेख र सन्दीप लामिछानेले ७७ रनको साझेदारी गरेका थिए ।

आशिफले १३० बलमा ८६ रन बनाए भने सन्दीपले ५० बलमा ३५ रन जोडे । आशिफ र सन्दीपसँगै कुशल मल्लले २३ रन बनाउनुबाहेक नेपालका कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए ।