फाइल फोटो

समाचार

३५ दिनभित्र कम्पनी प्रोफाइल पठाउन आयुर्वेद उद्योगलाई आग्रह 

By खबरहब

March 03, 2023

काठमाडौं– औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उत्पादन गरिरहेका उद्योगहरूलाई ३५ दिनभित्र कम्पनी प्रोफाइल विभागमा पठाउन सूचित गरेको छ ।

उद्योगहरूको डाटाबेस निर्माणका लागि उत्पादन गरिरहेको औषधिको सूची, स्वीकृत नक्सा लगायतका कागजात पठाउन विभागले आग्रह गरेको हो ।

साथै विभागमा दर्ता भई सञ्चालनमा नआएका उद्योगहरूले सञ्चालन गर्न नसक्नुको यथेष्ट कारण पेस गर्न पनि विभागले निर्देशन दिएको छ ।