देश/प्रदेश

अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन मन्त्री श्रेष्ठ दोहा प्रस्थान

By खबरहब

March 03, 2023

काठमाडौँ — उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ दोहा प्रस्थान गरेका छन् ।अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ दोहा प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण स्थगित भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको थियो ।

उपपधानमन्त्री श्रेष्ठ नेतृत्वको टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत रहनेछन । फागुन २१ गतेदेखि २५ गते सम्म दोहामा सो सम्मेलन हुनेछ । श्रेष्ठ फागुन २३ गते स्वदेश फर्किने छन् ।