राजनीति

रवि चितवनमा उम्मेदवारी दर्ता गराएर तनहुँ पुग्ने

By खबरहब

April 03, 2023

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएर तनहुँ जाने भएका छन् ।

सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराका अनुसार सभापति लामिछाने चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहुँ–२ मा मनोनयन दर्ता गर्ने क्रममा उपस्थित हुने भएका हुन्।

उनका अनुसार आज बिहान ९ बजे भरतपुर महानगर– ११ विशाल चोकस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यालयमा भेला हुने र त्यहाँबाट ९:३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १० बजे मनोनयन दर्ता गर्ने समय तालिका बनाइएको छ । ‘त्यस पछि २ बजे सभापति तनहुँको दमौलीमा पुगेर स्वर्णिम वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रममा सहभागी हुने तालिका रहेको छ,’  उनले भने ।

बारा– २ मा रमेश खरेलको उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रममा भने पार्टी उपसभापति डोरप्रसाद अर्याल बारा जानेछन् ।