फाइल तस्वीर

राजनीति

उपनिर्वाचन : गगन तनहुँ, विश्वप्रकाश चितवन पुग्ने

By खबरहब

April 03, 2023

काठमाडौँ – आज हुन गइरहेको उपनिर्वाचनको उम्मेदवारी मनोनयनका लागि नेपाली कांग्रेसका दुई महामन्त्री निर्वाचन क्षेत्रमा पुग्ने भएका छन्।

कांग्रेस केन्द्रिय सदस्य अजयबाबु सिवाकोटीका अनुसार महामन्त्री गगन थापा तनहुँ–१ मा हुने उम्मेदवारी मनोनयनमा सहभागी हुनेछन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा चितवन–२ मा हुने मनोनयन दर्तामा जानेछन् ।

कांग्रेसले तनहुँ–१ मा गोबिन्दराज भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । बारा–२ मा भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन जनाउने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले निर्णय गरेकाले सो क्षेत्रमा भने कांग्रेसको उम्मेदवार रहने छैन ।