राजनीति

लुम्बिनी प्रदेश सभाको बैठक आह्वान

By खबरहब

April 03, 2023

दाङ – लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरुप बैठक आह्वान गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

आजको बैठकमा मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेस गर्ने कार्यतालिका रहेको छ । त्यसअघि प्रदेश सभामा बोल्नका लागि विषेश समय छुट्याइनेछ। बैठकमा कांग्रेससहित अन्य दलले मुख्यमन्त्री लिला गिरीको राजीनामा माग्ने तयारी गरेका छन् ।

एमालेका मुख्यमन्त्री गिरी सरकार अल्पमतमा छ । कांग्रेस, माओवादीसहित ८ दलले समर्थन फिर्ता लिइसकेका छन् ।