ब्रेकिङ स्टोरी

रविमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता, पेसी भोलि

By खबरहब

April 03, 2023

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

लामिछानेमाथि मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दायर भएको हो । रिटमा राहदानी दुरुपयोगमा लामिछानेविरुद्ध मुद्दा चलाइनुपर्ने माग गरिएको छ ।

आइतबार युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । रिट निवेदनको अध्ययनपछि सोमबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो । उक्त रिटमाथिको सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ ।