राजनीति

एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

By खबरहब

April 03, 2023

काठमाडौँ- नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् ।

सिंहदरबारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो ।

एकीकृत समाजवादीबाट यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सांसद प्रकाश ज्वाला थिए । ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो ।

चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् ।