राजनीति

 चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठले गराए उम्मेदवारी दर्ता

By खबरहब

April 03, 2023

चितवन- आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । चितवन–२ मा कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।

सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवारी दिएका श्रेष्ठको प्रस्तावकमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र समर्थकमा माओवादी जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी छन् ।

चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मनोनयन दर्ता गरेका छन् ।