फाइल तस्वीर

राजनीति

कसैलाई धन, मन, पद, कद दिएर, लोभ्याएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भयो : पूर्वराजा शाह

By खबरहब

April 03, 2023

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले धन, पद, कद दिएर र लोभ्याएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका छन् ।

सुनसरीको इनरुवामा सोमबार आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन नसक्ने बताए ।

तर, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभ्याएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको उनको भनाइ छ ।

परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिन नसक्ने बताउँदै पूर्वराजा शाहले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा नअल्झी हामी र हाम्रो भन्ने राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्ने बताए ।