फाइल फोटो

ब्रेकिङ स्टोरी

सरकारका सय दिनको उपलब्धि सार्वजनिक 

By खबरहब

April 03, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । ३७ बुँदामा समेटिएको उक्त ‘उपलब्धि’ मा अर्थतन्त्रदेखि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसम्मका विषय समेटिएका छन् ।

खेलाडीलाई प्रोत्साहन र पुरस्कृत गरिने कार्यलाई सरकारले उपलब्धिका रूपमा लिएको छ ।

शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई चाँडै टुङ्ग्याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी काम गरेको जनाएको छ । त्यसैगरी अर्थतन्त्र सुधारका लागि प्रयत्न भएको सरकारले जनाएको छ ।