देश/प्रदेश

१६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

By खबरहब

April 03, 2023

काठमाडौँ- सशस्त्र प्रहरीले करिब १६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी नियन्त्रणमा लिएको छ । सशस्त्रले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिर ईलाकाबाट बाग्मती प्रदेश ०१–०२५च ५२३० नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो ।

उक्त गाडीमा राखेर ल्याउँदै गरेको ४३ बोरा स्पेशल मिल्क पाउडर र ५५ वटा खाली क्यारेट सशस्त्र प्रहरी बलको नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।

साथै उक्त गणले सोही स्थानबाट करिब ४ लाख ८३ हजार रुपैयाँ बराबरको मोबाइल कभर, टेम्पर ग्लास लगायतका सामान पनि नियन्त्रणमा लिएको छ ।

बरामद सामान तथा गाडी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।