देश/प्रदेश

दार्चुला हिमपहिरोमा बेपत्ता भएकाको खोजी जारी

By खबरहब

May 03, 2023

कैलाली– हिमपहिरोमा परि बेपत्ता भएका ६ जनाको बिहानैदेखि खोजी सुरु भएको छ ।

हिमाली जिल्ला दार्चुला र बझाङमा गएको हिमपहिरोमा परी बेपत्ता भएको बिहानै देखी खोजी सुरु भएको हो । दार्चुला र बझाङमा ६ जना अझै बेपत्ता रहेका छन् ।

यार्सा टिप्न गएका उनीहरु मध्ये दार्चुलाको भोलिङमा आएको हिमपहिरोमा परी उनीहरु बेपत्ता भएका हुन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यसरी बेपत्ता हुनेहरूमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, क्षिभी सोमो थापा, ईश्वरी थापा तथा दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर, सुर्मा–१ देवडीकी झल्लादेवी बोहोरालगायत रहेका छन् । 

हिमपहिरो खसेको खबर पाएलगत्तै व्यास–१ छाङरुमा रहेको नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोलीले हिजो देखी नै उद्धार सुरु गरेको थियो तर ११ जनाको अबेरसम्म अवस्था थाहा हुन सकेको थिएनन् ।

 दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार पानीसहित हिमपात भएको तथा रातसमेत परेका कारण उद्धार खोजी कार्य रोकिएको थियो तर आज आज बिहानबाट पुन खोजी सुरु गरिएको छ ।