फाइल तस्वीर

राजनीति

‘प्रेसले समाजलाई सकारात्मकतातिर डोर्‍याउनुपर्छ’

By खबरहब

May 03, 2023

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेसले समाजलाई सकारात्मकतातर्फ डोर्‍याउनुपर्नेमा जोड दिएकी छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले अहिले समाज नकारात्मकतातिर गइरहेकाले प्रेसले समाजलाई सकारात्मकतातर्फ डोर्‍याउनुपर्ने बताएकी हुन् ।

मन्त्री शर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार गम्भीर रहेको समेत प्रस्ट पारेकी छन् ।

महासंघले बुधबार सिनामंगलदेखि सञ्चारग्रामसम्म र्‍यालीको आयोजना गरेको थियो ।