सांकेतिक तस्बिर

अपराध

बलात्कार आरोपमा दुईजना पक्राउ

By खबरहब

May 03, 2023

दाङ– १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ घर भई हाल बबई गाउँपालिका-६ कौसीलापुर मामा घरमा बस्ने १६ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती किशोरीलाई गत शनिबार ललाइ फकाई आफ्नै खाली घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

कञ्चनपुरमा  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका-१० बस्ने १८ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ ।

 किशोरले ती किशोरीलाई गत सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी बिट दैजिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।