फाइल फोटो

राजनीति

संघीय संसद्को बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

By खबरहब

May 03, 2023

काठमाडौँ– सरकारले संघीय संसद्को बजेट अधिवेशन २४ वैशाखमा बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा संघीय संसद्को बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

पाँच दिनअघि १५ वैशाखमा संसद्को हिउँदे अधिवेशन अन्त्य गरिएको थियो ।