ब्रेकिङ स्टोरी

पूर्वऊर्जामन्त्री टोपबहादुर र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

By खबरहब

May 03, 2023

काठमाडौँ- नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने घटनामा मुछिएसँगै पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट टोपबहादुर र सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको बयानका आधारमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।