ब्रेकिङ स्टोरी

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी

By खबरहब

May 03, 2023

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाएको घटनामा मुछिएसँगै प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ ।

यसै घटनामा मुछिएकाले पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।

यसअघि बुधबार नै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई गत सोमबार पक्राउ परेका थिए ।