ब्रेकिङ स्टोरी

राष्ट्रपतिद्वारा मिटरब्याजीलाई कारबाही गर्नेसम्बन्धी अध्यादेश जारी

By खबरहब

May 03, 2023

काठमाडौँ- सरकारले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेशमार्फत कानून ल्याएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अध्यादेशले मुलुकी संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा रूपमा परिभाषित गर्दै यसलाई दण्डनीय हुने व्यवस्था गरिएको छ ।