तस्वीर- रोयटर्स

राजनीति

बेलायती राजाको राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद लण्डन जाने

By खबरहब

May 03, 2023

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानीको राज्याभिषेकमा सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले आज जनाएको हो ।

सो अवसरमा उनी अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ ।