फाइल फोटो

देश/प्रदेश

बसाईसराईको प्रमुख कारण गुणस्तरीय शिक्षा हो : सभामुख घिमिरे

By खबरहब

May 03, 2023

अर्घाखाँची – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बसाईसराईको प्रमुख कारण शिक्षा भएको बताएका छन्।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको महेन्द्र विद्या बोध माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले गुणस्तरीय शिक्षाको अभावमा पहाडी जिल्लाबाट बसाईसराई गर्ने क्रम बढ्दो रहेको बताएका हुन् ।

सामुदायिक विद्यालयका पढाइको गुणस्तर सुधार नगरेसम्म पहाडी जिल्लाको बसाईसराई नरोकिने सभामुख घिमिरेले बताए। उनले तीनै तहका सरकारले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार गर्नुपर्ने बताए।

शिक्षा, स्वास्थ्यको सुधारसँगै रोजगारी अहिलेको प्रमुख कारण रहेको उनको जिकिर थियो। देशमा रोजगारी सृजना नहुँदा गाउँबस्ती खाली भएको उनले बताए। जिल्लाहरुमा उद्योग धन्दा नखुलेसम्म बेरोजगारीको समस्या हल नहुने पनि उनको भनाई छ।