सांकेतिक तस्वीर

देश/प्रदेश

बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु

By खबरहब

June 03, 2023

बाजुरा– बाजुरामा रुखबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका-९ ढम्कनेका ४२  वर्षीय देवबहादुर धामी रहेका छन् । 

रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए ।