भक्तपुर– राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमी नगर भेलाले कार्यसमिति चयन गरेको छ ।
समितिको सभापतिमा न्हुछेंकाजी मानन्धर निर्वाचित भएका छन् । शनिबार मध्यपुर थिमीमा भएको नगर भेलाबाट मानन्धरको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
नगर समितिको उपाध्यक्षमा स्मृति भटटराई, सचिवमा मुशरी नेपाल र कोषाध्यक्षमा समिर पौडेल निर्वाचित भएका छन् । सदस्यहरूमा गुन्जना ढुंगाना, आराधना बर्मा, अमित दाहाल, सुवास कोइराला, शैलेस जोशी, नरेशराज बुद्धचार्य, श्याम जोशी, अश्विन खनाल र उषा प्रजाति चुनिएका छन् ।
यसअघि भेलाको उद्घाटन पार्टीका उपनेता विराजभक्त श्रेष्ठले गरेका थिए । सो भेलामा पार्टी संसदीय सचेतक सन्तोष परियार, जिल्ला सभापति रामेश्वर बस्नेतलगायतले समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राखेका थिए ।
पार्टीको हालसम्म जिल्ला समिति, चाँगुनारायण र सूर्यविनायक नगरसमित र अहिले मध्यपुर नगर समिति गठन भएको हो । अब भक्तपुर नगरपालिका नगर समिति मात्रै गठन गर्न बाँकी छ । यसको लागि पनि तयारी भइरहेको पार्टीले जनाएको छ ।