फाइल फोटो

ब्रेकिङ स्टोरी

मतपत्रमा ‘कसैलाई पनि भोट दिन्नँ’ भन्ने विकल्पको व्यवस्था गर्न आयोगको प्रस्ताव

By खबरहब

July 03, 2023

काठमाडौँ- निर्वाचन आयोगले चुनावमा कसैलाई पनि भोट दिन्नँ भन्ने व्यवस्थाका लागि प्रस्ताव अघि सारेको छ ।

सोमबार बसेको आयोगको बैठकले निर्वाचनसम्बन्धी कानून परिमार्जन गरी निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गृह मन्त्रालयमार्फत् पेश गर्न लागेको हो ।

प्रस्तावमा कसैलाई पनि मत दिन्नँ भन्ने विकल्पको पनि व्यवस्था गरिएको छ । यसका लागि मतपत्रमा संकेत चिह्न राख्नुपर्ने निर्वाचन आयोगको प्रस्ताव छ ।

मतगणना गर्दा कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको मतसंख्या (नोटा) उक्त मतदानमा भएको सदर मतको ५० प्रतिशतभन्दा बढी भएमा त्यस्तो निर्वाचन रद्ध हुने व्यवस्था गर्नसमेत आयोगले प्रस्ताव गरेको छ ।