ब्रेकिङ स्टोरी

गठबन्धनले कोशीको मुख्यमन्त्रीमा कांग्रेसका थापालाई अघि सार्ने

By खबरहब

July 03, 2023

काठमाडौँ- सत्तारुढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकले थापालाई कोशीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्दै त्यही अनुसारको तयारी गर्न निर्देशन दिने निर्णय गरको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डले जानकारी दिए ।

उनले कोशी प्रदेशभित्र सबैभन्दा ठूलो दलको हैसियतले बाँकी सिट संख्या पुर्‍याउने जिम्मा पनि कांग्रेसलाई नै दिइएको बताए । बैठकले विभिन्न प्रदेशमा मन्त्रिमण्डलमा राख्नुपर्ने सदस्यहरुको पनि टुङ्गो लगाएको पनि उनले जानकारी दिए ।

त्यस्तै जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने र मन्त्रालयका बारेमा उचित निष्कर्ष निकाल्ने सहमति भएको उनको भनाइ छ । बैठकमा विभिन्न विश्वविद्यालयका पदहरुको व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको छ ।