सांकेतिक तस्बिर

देश/प्रदेश

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

July 03, 2023

भैरहवा- १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ ।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सियारि गाउँपालिका ४ ओर्लहवा बस्ने ५० वर्षीय चन्द्रिका हरिजनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।