ब्रेकिङ स्टोरी

पराजित उम्मेदवारलाई पाँच वर्षसम्म चुनाव लड्न रोक लगाउने आयोगको प्रस्ताव

By खबरहब

July 03, 2023

काठमाडौं – निर्वाचन आयोगले एउटा तहको निर्वाचनमा पराजित हुने उम्मेदवारलाई ५ वर्षसम्म कुनै पनि तहको उम्मेदवार बन्न रोक लगाउने प्रस्ताव गरेको छ । निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा आज पारित गर्दै आयोगले यस्तो प्रस्ताव गरेको हो ।

मस्यौदामा समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । यो कानून बनेपछि संघ वा प्रदेशका कुनै पनि समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेका व्यक्ति पुनः समानुपातिक उम्मेदवार हुन पाउँनेछैनन ।

त्यस्तै आयोगले प्रत्यक्ष निर्वाचनतर्फ दलहरुले कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।