क्रिकेट

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

By खबरहब

August 03, 2023

काठमाडौँ– श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । 

बिहीवार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।

स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले राम्रो अनुभव हासिल भएको बताए । अहिले नेपाली टिमले ब्याटिङमा ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ । 

पछिल्लो अनुभवले आगामी एसिया कपमा धेरै मद्दत पुग्ने उनको भनाइ छ । श्रीलंकामा रहँदा नेपाली टिमले केही अभ्यास खेल पनि खेलेको थियो ।