देश/प्रदेश

‘स्कारपियो’ दुर्घटनामा दुईजनाको मृत्यु

By खबरहब

September 03, 2023

सिन्धुपाल्चोक– दोलखाबाट काठमाडौँ जाँदै गरेको बा१५च ९३७० नम्बरको ‘स्कारपियो’ लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।