देश/प्रदेश

पेप्सीकोलामा बसले तीनवटा सवारीलाई ठक्कर दिँदा ७ जना घाइते

By खबरहब

September 03, 2023

काठमाडौँ– काठमाडौंको पेप्सीकोलामा एक बसले अन्य तीनवटा सवारी साधनलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन् । बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ७ जना घाइते भएका हुन् ।

पेप्सिकोलास्थित छाप्रो नजिकै गुडिरहेको बा२ज ४८४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो ।

घाइतेहरुको मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीका इन्सपेक्टर श्याम कटुवालले जानकारी दिए ।

बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो, बा.प्र.०२–०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।